Friday, July 3

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार झुक्नु हुँदैन : माधव नेपाल

नेपालअखबार, विराटनगर । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार झुक्न नहुने बताएका छन् । तर निर्दोष नफसुन् र दोषी नउम्किउन् भनेर सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

Advertisement

आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा नडगमगाइकन कारबाही अघि बढाउनुपर्ने धारणा राखे । उनले भने, ‘सरकारका प्रधानमन्त्री भन्नुस्, गृहमन्त्री भन्नुस् उहाँहरुले भनेका कुरामा र अरुले पनि बोलेका कुरा सुन्दाखेरि भित्रभित्रै दबाव दिइरहेका होलान् त्यो आफ्नो ठाउँमा छ । तर दबावको सामु झुक्नु हुँदैन ।’

Advertisement
Advertisement

यो प्रकरणमा अरु नेताहरु पनि तानिनसक्ने सम्भावनाबारे पत्रकारको जिज्ञासामा नेपालले यस्ता कुराबाट आफू नडराउने बताए । आफूले बदमासी गरेको छैन, आफूले घुस खाएको छैन, आफूले भ्रष्टाचार गरेको छैन । त्यसकारण न बिराउनु न डराउनु ।’

Advertisement

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका सचिव टोपबहादुर रायमाझीसमेत मुछिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग लगातार दुई दिन गरेको भेटवार्ताको विषयबारे पनि पत्रकारहरुले सोधेका थिए । त्यसबारे आफूलाई थाहा नभएको उनले बताए ।सत्ता गठबन्धनका नेता नेपालले भने, ‘संवैधानिक परिषदको विषयमा हो कि, संसद कसरी चलाउने विषय हो कि, समितिको सभापति कसरी बनाउनुपर्छ भन्ने विषय हो कि, यही विषय (नक्कली भुटानी शरणार्थी प्रकरण) हो कि थाहा भएन ।’