प्रदेश ४शिक्षासमाचारहाइलाइट-समाचार

सरकार गण्डकी विश्वविद्यालय खोल्ने तयारीमा छ ः मन्त्रि थापा

गोरखा । प्रदेश सरकारले गण्डकी विश्वविद्यालय खोल्ने तयारी अघि बढाएको कृषि सहकारी तथा भुमि ब्यवस्था मन्त्रि लेखबहादुर थापाले बताएका छन् ।

गोरखा नगरपालिका २ स्थित महालक्ष्मी माध्यामिक विद्यालयको ६५ औं बार्षिकोत्सव कार्यक्रम उद्घाटन गर्दै मन्त्रि थापाले त्यसका लागि आवस्यक ऐन निर्माण भइसकेको र सिप सिकाउने खालको विश्वविद्यालय स्थापनाका बारे छलफल भइरहेको जानकारी दिए ।

‘सरकारले गण्डकी यूनिभरसीटीको कन्सेप्ट अघि सारेको छ, त्यसका लागि ऐन बन्यो, अब अवधारणा निर्माणको चरणमा छ’ उनले भने ‘गण्डकीमा भोकेसनल शिक्षालाई जोड दिने खालको विश्वविद्यालय बन्छ ।’

सार्वजानिक शिक्षालाई प्राविधीक र प्रयोगात्मक बनाउनुपर्ने उनको जोड थियो । दिनप्रतिदिन सामुदायिक विद्यालयहरुमा विद्यार्थीको संख्या घट्दै गएको भन्दै तिनै तहका सरकार रणनीतिक रुपमा अघि बढे शिक्षा क्षेत्रमा सुधार हुने उनले विश्वास गरे ।

‘अब सार्वजानिक शिक्षालाई सुधारेर टेक्निकल र प्राक्टिकलमा फोकस हुन जरुरी छ’ मन्त्रि थापाले भने ।

त्यस्तै सरकारले एक पालिका एक कृषि पकेट क्षेत्र कार्यक्रम अघि बढाएको उनको भनाई छ । प्रदेशका हरेक स्थानीय तहलाई बिभिन्न किसिमका कृषि पकेट क्षेत्रका रुपमा विकास गर्न लागिएको उनले बताए ।

‘हामीले गण्डकीका ८५ वटै पालिकालाई फरक फरक किसिमबाट कृषिका लागि पकेट क्षेत्रका रुपमा विकास गर्ने योजना अघि बढाएका छौ’ उनले भने ‘पालिकामा पकेट क्षेत्र, निर्वाचन क्षेत्रमा कृषि ब्लकको अवधारणा छ ।’

आर्थिक सम्मृद्धिका लागि कृषितन्त्र नै पहिलो आधार रहेको बताउदै मन्त्रि थापाले कृषिलाई ब्यवसायिकता र प्रविधीसंग जोड्नुपर्ने तर्क गरे । निर्वाहमूखी कृषितन्त्रले जिविका समेत चलाउन गाह्रो रहेकाले अब ब्यवसायिक रुपमा अघि बढ्ने किसानलाई सरकारले सहयोग गर्ने उनले बताए ।

‘कृषि क्षेत्रमा मजबुत नभई हाम्रो अर्थतन्त्र बलियो हुदैन’ मन्त्रि थापाले भने ‘अब आधुनिक र ब्यवसायिक रुपमा अघि बढेर कृषि पेशा अंगलाल्नेलाई सरकाले अनुदान दिन्छ, बजारको ब्यवस्था गर्छ ।’

विपन्न र गरिवका लागि आत्मनिर्भर बनाउने गरी सरकारले योजना अघि सारेको जानकारी उनले दिए । आवस्यकताका आधारमा छुट्याइएको बजेट र योजना कार्यान्वयनलाई प्रभावकारी बनाउन आह्वान गर्दै मन्त्रि थापाले सरकारले सुरु गरेको सुखी नागरिक सम्मृद्ध गण्डकी अभियानले सार्थकता पाउने विश्वास ब्यक्त गरे ।

महालक्ष्मी माध्यामिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक विष्णुबहादुर थापा मगरले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सो विद्यालय विक्रमसम्वत २०१२ सालमा स्थापना भएको हो । मन्त्रि थापा सो विद्यालयका पूर्व विद्यार्थी समेत हुन् । कार्यक्रमकै अवसरमा विद्यालय ब्यवस्थापनका पूर्वअध्यक्ष, जग्गादाता, चन्दादाता लगायत पूर्व शिक्षकहरुलाई सम्मान समेत गरिएको थियो ।

the authoradmin

Leave a Reply