
नेपालअखबार, काठमाडौं । अछाम जिल्ला निर्वाचन क्षेत्र नम्बर १ का सांसद एंब पूर्व मन्त्री शेरबहादुर कुँवरले जल, जमिन र जङ्गलको उचित प्रयोग गरेर रोजगारीको सृजना गर्नु पर्ने कुरामा जोड दिनु भएको छ ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा अर्थ मन्त्रीले आर्थिक वर्ष ८०/८१ को बिनियोजन विधेयक प्राथमिकता र सिद्धान्तका बारेमा छलफलको क्रममा बोल्दै सांसद कुँवरले कृषि र काष्ठ उद्योगको क्षेत्रमा लगानी बढाउनु पर्ने बताउँदै सांसद कुँवरले मल र बिउको अभाव हुन नदिनका लागि सरकारले विशेष कार्यक्रम बनाएर मल र बीउ नेपालमै उत्पादन गर्नु पर्ने बताउनु भयो ।
गाउँमा रहेका बाजो जग्गाको उचित व्यवस्थापन गरेर कृषिमा आधुनिकीकरण करण गरि लगानी बढाउनमा सरकारको ध्यानाकर्षण गराउनु भयो । स्वदेशी तथा विदेशीहरूको लगानीको बारेमा समावेश गरिए पनि उनीहरूको लागि भय रहित वातावरणको सृजना कसरी गर्न सकिन्छ यस तर्फ ध्यान दिनु पर्ने बताउँदै आर्थिक वर्षको अन्तिममा हुने टालटुले विकासले देश समृद्धि तर्फ जान नसक्ने भएकोले यसका बारेमा सरकार गम्भीर हुनु पर्ने बताउनु भयो ।
सुशासन र अनुगमनका विषयमा हामी मौन छौ अनुगमनको कामलाई अगाडि बढाएर परिणाम दिनु पर्ने भन्दै संसद् कुँवरले प्रदेश र स्थानीय तहमा सुशासनलाई प्राथमिकता दिएर अगाडि वढ्नु पर्ने कुरामा जोड दिनु भयो ।
राष्ट्रिय गौरवका योजनालाई प्राथमिकतामा राखेर मात्रै हुदैन सम्पन्न गर्न तर्फ सरकारले अग्रसरता लिनु पर्ने बताउँदै संसद् कुँवरले हाल सम्म नयाँ शहरको नामाकरण गरि काम सुरु गरिएको भए पनि अहिलेसम्म सम्पन्न नभएको बताउँदै परिणाम मुखी योजना बनाउन सरकार लाई आग्रह गर्नु भयो ।

