Friday, July 3

एमाले केन्द्रीय कमिटी बैठकका १० एजेन्डा तय

नेपालअखबार, काठमाडौँ । नेकपा एमालेले वैशाख २८ गतेबाट सुरु हुने केन्द्रीय कमिटी बैठकमा छलफल गर्ने एजेन्डा तय गरेको छ । मङ्गलवार पार्टी कार्यालय च्यासलमा बसेको बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गरेको हो ।

Advertisement

सचिवालय बैठकले आम निर्वाचनपछि भएका राजनीतिक घटनाक्रमबारे केन्द्रीय समितिमा पेस गर्ने राजनीतिक प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीले तयार गर्ने, यसबीचमा पार्टीका बैठकले गरेका विभिन्न निर्णयको अनुमोदन गर्ने, पार्टी आयोग प्रमुखहरूले प्रतिवेदन पेस गर्ने र मिसन ग्रासरुट अभियान अन्तर्गत सातै प्रदेशका सचिवले रिपोर्ट पेस गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बैठकपछि जानकारी दिए । त्यस्तै प्रदेशको वार्षिक कार्य योजना पारित गर्ने केन्द्रीय कमिटीको सातौँ एजेन्डा तय गरेको एमालेले त्यसबाहेक समसामयिक विषयमा समेत छलफल गर्ने एजेन्डा तय भएको उपमहासचिव समेत रहेका गुरुङले जानकारी दिए ।

Advertisement
Advertisement

Advertisement