Friday, May 15

परराष्ट्र मन्त्री साउद बंगलादेश जाने

नेपालअखबार, काठमाडाैं । परराष्ट्र मन्त्री एनपी साउद शुक्रबार बंगलादेश जानेका भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार ढाकामा हुने इन्डियन ओसन कन्फरेन्समा भाग लिन उनी बंगलादेश जान लागेका हुन्।

आउने शनिबार मन्त्री साउदले कन्फरेन्सलाई सम्बोधन गर्ने बताइएको छ।

Advertisement

कन्फरेन्समा इन्डियन ओसन आसपासका २५ देशका प्रतिनिधिहरू सहभागी हुने छन्। भुटान, बहराइन, सिंगापुरबाट परराष्ट्र मन्त्री आउने छन्।

ढाका रहँदा मन्त्री साउद बंगलादेशका उच्च सरकारी अधिकारीसँगै कन्फरेन्समा आएका विभिन्न देशका प्रतिनिधिहरूसँग भेटवार्ता गर्ने छन्। उनी आइतबार स्वदेश फर्कने कार्यक्रम छ।