Thursday, July 2

नेकपा ( एकीकृत समाजवादी ) का नेताद्वारा गृहमन्त्रीसँग भेट

नेपालअखबार, काठमाण्डाैं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले चालेको कदमप्रति ऐक्यबद्धता जनाउदै नेकपा ( एकीकृत समाजवादी ) का नेताहरूले बिहीवार गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरेका छन् ।

Advertisement

पार्टीका पोलिटब्युरो सदस्य गणेश बिक, केन्द्रीय सदस्यहरू दामोदर अर्याल, अशेष घिमिरे, राजु गुरुङ, लगायतको टोलीले गृहमन्त्रीलाई भेट गरी नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले चालेको कदमको प्रशंसा गर्दै छानविन प्रकृयालाई अन्तिम तहसम्म पुराएर सम्पूर्ण अपराधलाई कारवाहीको दायरामा ल्याउन गृह मन्त्रीलाई आग्रह गरेका छन् ।

Advertisement
Advertisement

भेटमा गृहमन्त्री श्रेष्ठले यो भ्रष्टाचार मात्रै नभएर सङ्गठित र राज्य विरुद्धको अपराध भएकाले सबै अपराधीलाई कानूनी कारवाहीको दायरामा ल्याउने दिशामा सरकार अगाडि बढेको बताउँदै   ‘निर्दोषलाई   पर्न नदिने र  दोषीलाई  कुनै पनि हालतमा नछोडने प्रतिबद्धता व्यक्त गर्नु भएको केन्द्रीय सदस्य एवं केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले बताउनु भयो ।

Advertisement

भेटमा पार्टी केन्द्रीय सल्लाहकार कमिटी सदस्य बुद्धिसागर भण्डारी, धनकुटा जिल्ला अध्यक्ष अर्जुन राई , विदेश विभाग सचिव डा. शङ्कर खतिवडा, अर्थ तथा योजना विभाग सचिव रमेश आचार्य, युवा सङ्घ नेपाल स्थायी कमिटी सदस्य निता शर्मा लगायतको उपस्थिति रहेको केन्द्रीय सदस्य अर्यालले जानकारी दिनुभयो ।