Tuesday, May 12

कृषि मन्त्री कुशवाहाका कारण महिनौं देखि पार्टी कार्यालय बन्द

मेवालाल यादव, रौतहट। जनमत पार्टीका रौतहट कार्यालय एक महिनादेखि बन्द रहेको छ । दैनिकी देखि काम गर्दै आएका जनमत पार्टी कार्यालय विवाद बढदै गएपछि एक महिनादेखि कार्यालय बन्द रहेको हो । कार्यालय एक महिनादेखि बन्द भएपनि कार्यालय खुलाउन जनमत पार्टीका रौतहट इन्चार्ज बृजकिशोर यादवले कुनै चासो देखाएको छैन ।
पार्टी कार्यालय बन्द भएका कारण जनताका सेवामा समस्या भोगिरहेका एक कार्याकर्ताले बताएका छन् । जनमत पार्टीका रौतहट अध्यक्ष बृजकिशोर यादवले दुई महिनाको अवधिमा दुईदिन मात्र पार्टी कार्यालय खुलेको पार्टीकै कार्याकर्ताले जानकारी दिए । पार्टी कार्यालय नखुल्दा कार्यालयबाट हुने जनताको दैनिकी कामकाज ,गुनासो जस्ता लगायत कुनै पनि काम नभएको प्रेस जनमत संघ रौतहटका सचिव सत्येन्द्र प्रताप सिंहले बताए ।
महिनौं दिन देखि जनमत पार्टी कार्यालय बन्द भए पछि कार्यालय दुर्गन्धित बनेका छन् ।
मधेस प्रदेश सरकारका भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री बसन्त कुशवाहाका कारण महिनौं देखि पार्टी कार्यालय बन्द भएको छ ।मन्त्री कुशवाहाले बनाएको जिल्ला इन्चार्ज बृजकिशोर यादवले पार्टीलाई बिखन्डन तर्फ धकेकी कार्यकार्तालाई मान्यता न दिदां कार्यकर्ता अर्को पार्टीमा लाग्न नेता तथा कार्यकर्ताले संचारकर्मी संग गुनासो गरे।