राजनीतिसमाचार

नयाँ र पुराना पार्टीको भाष्य खडा गर्न खोजिएको छ : शंकर पोख्रेल

Nepal Akhabar

नेपालअखबार, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले पार्टी कहिल्यै पुराना नहुने बताएका छन् ।

अहिले नयाँ र पुराना पार्टीको भाष्य खडा गर्न खोजिएको बताउँदै महासचिव पोख्रेलले भविष्यको काम गर्ने पार्टीहरू कहिल्यै पुराना नहुने तर्क गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अहिले नयाँ र पुराना पार्टीहरुको भाष्य खडा गरिन खोजिंदैछ ।भविष्यको योजनामा काम गर्ने पार्टीहरु कहिल्यै पुराना हुँदैनन् ।’

नयाँ हुनेबित्तिकै स्वतः विकल्प हुने, राम्रो र सफल हुन्छ भन्ने नहुने उनको भनाइ छ । यथास्थितिको दुश्चक्रलाई तोड्ने हो भने सही नीति, सबल संगठन र प्रतिबद्ध कार्यकर्ताको आवश्यकता पर्ने उनले बताएका छन् ।

उनले मार्क्सवाद र जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढेको पार्टी यथास्थितिवादी हुन नसक्ने भन्दै एमाले विचारको जगमा खडा भएको जीवन्त पार्टी भएको दाबी समेत गरेका छन् ।

माओवादी केन्द्रसँगको एकतासँगै पार्टीमा वैचारिक राजनीतिक काम हुन नसक्दा केही कमजोर भए पनि पुन: गतिहीनता तोडिएको महासचिव पोख्रेलको भनाइ छ ।

the authoradmin