मनोरञ्जनसमाचार

अमिताभ बच्चन र अनुष्का शर्माको बाइक राइड पछि मुम्बई प्रहरीले यस कारण लगायो जरिवाना

नेपालअखबार, एजेन्सि। मुम्बई ट्राफिक प्रहरीले अमिताभ बच्चन र अनुष्का शर्मालाई मोटरसाइकल चढाउने चालकलाई जरिवाना ताेकेको छ ।

वास्तवमा केही दिन अघि मात्र अमिताभ बच्चनले एउटा तस्बिर शेयर गरेका थिए जसमा उनी एक बाइक चालकसँग लिफ्ट लिएर कतै जाँदै गरेको देखिन्छ । यो तस्बिरमा अमिताभ र बाइक चालक दुवैले हेलमेट लगाएका थिएनन् ।

त्यसपछि सामाजिक सञ्जालमा बलिउड अभिनेत्री अनुष्का शर्माको एउटा भिडियो पनि शेयर भएको थियो, जसमा उनी बाइकमा सवारसँग बसेको देखिएकी थिइन् ।

दुवैमा समानता यो थियो कि दुवैले हेलमेट लगाएका थिएनन् ।

जसका कारण दुवै स्टार सामाजिक सञ्जाल प्रयोगकर्ताको निशानामा परे । मानिसहरूले मुम्बई पुलिसलाई ट्याग गरेर यो कुरा उठाएका थिए ।

एक वरिष्ठ प्रहरी अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सी पिटिआईले भन्यो, ‘अमिताभ र अनुष्का दुई जनामाथि हेलमेट बिना मुम्बईको सडकमा घुमेका कारण, उनीहरूलाई बाइकमा सवारी गराउने व्यक्तिमार्फत् जरिवाना लगाइएको छ ।’

मुम्बई ट्राफिक पुलिसले ट्विटरमा दुवै सवारीका चालकहरूलाई जारी गरिएको चलानीको प्रतिलिपि पनि साझा गरेको छ ।

प्रहरी अधिकारीले पीटीआईलाई दिएको जानकारीमा सोसल मिडिया प्रयोगकर्ताहरूको गुनासोलाई ध्यानमा राख्दै, प्रहरीले मोटरसाइकल चालकलाई चलानी जारी गर्‍यो र १० हजार ५०० रुपैयाँको जरिवाना लगाए ।

the authoradmin