Monday, April 20

आगलागीबाट १८ लाख भन्दा बढिको क्षति

गाेरखा । धार्चे गाउँपालिका–५ सिङ्लामा बुधबार आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । स्थानीय सुरमान गुरुङको घरमा खाना पकाउने क्रममा बालिएको आगो फैलिएर उक्त घटना भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट ढुङ्गा माटो र जस्ताले बनेको एक तले घर पूर्ण रुपमा क्षति भएको छ । घरमा रहेको ७५ हजार नगद, लत्ताकपडा, भाँडा वर्तन समेत जलेर नष्ट भएका छन् ।

Advertisement

आगलागीबाट घर सहित अनुमानित १८ लाख ३८ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । स्थानीयले आगो नियन्त्रणमा लिएकाले अन्य क्षति भने हुन नपाएको प्रहरीले बताएको छ ।

यसैवीच नेपाल रेडक्रस सोसाइटी गुम्दा उपशाखाले आगलागी पिडित परिवार खाद्यन्न र भाडाकुँडा राहत स्वरुप उपलब्ध गराएको जिल्ला शाखा गोरखाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *