Tuesday, August 25

पढ्दै कमाउँदैलाई कमाउँदै पढ्दै कार्यक्रमका रूपमा अघि बढाइने

नेपालअखबार, काठमाडाैं। सरकारले पढ्दै कमाउँदै कार्यक्रमलाई कमाउँदै, पढ्दैमा पनि परिमार्जन गर्ने बताएको छ।

Advertisement

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विद्यालयमा बालबालिकालाई ल्याउने, सिकाउने र टिकाउने कार्यक्रम अघि बढाउने बताएका हुन्। यसलाई प्रोत्साह गर्ने र अभियानकैरूपमा अघि बढाउने राष्ट्रपतिले बताएका छन्।

Advertisement
Advertisement

‘विद्यालय तहको पाठ्यक्रममा समसामयिक पुनरवलोकन गरिने छ। यस वर्षजस्तै शैक्षिक सत्रको सुरूमै पाठ्यपुस्तक उपलब्ध गराइने छ। आधारभूत तहमा गुणस्तरीय शिक्षामा पहुँच वृद्धि गरिने छ। दलित, अल्पसंख्यक, लोपोन्मुख, पछाडि पारिएको क्षेत्र, दुर्गम तथा हिमाली क्षेत्र र आर्थिकरूपले विपन्न तथा अपांगता भएका बालबालिकालाई विशेष कार्यक्रम सञ्चालन गरिने छ। शिक्षा क्षेत्रका सबै छात्रवृत्ति एकद्वार प्रणालीमार्फत् लागु गरिने छ। विपन्न लक्षितलाई विस्तार गरिने छ,’ राष्ट्रपति पौडेलले सदन समक्ष बताए।

Advertisement