Wednesday, June 24

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव

नेपालअखबार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् ।

सोमबार बसेको संसदीय दलको बैठकले यादवलाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

Advertisement
पार्टी अध्यक्षसमेत रहेका यादव वैशाख १० को उपनिर्वाचनबाट निर्वाचित भएका थिए । यसअघिका संसदीय दलका नेता रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि सो पद रिक्त थियो ।