Sunday, July 19

बाजुरामा भूकम्प

नेपालअखबार, बाजुरा । बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर भूकम्प गएको छ।

Advertisement

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुरा जिल्लाको बिछिया वरपर केन्द्रविन्दु भएर सोमबार साँझ ६ बजेर ५४ मिनेट जाँदा ४.१ रेक्टरस्केलको भूकम्प गएको हो।

Advertisement
Advertisement

यसअघि बाजुरा जिल्लाको हुकाम केन्द्रविन्दु भएर जेठ ७ गते बिहान ४.१ रेक्टरस्केलको भूकम्प गएको थियो।

Advertisement

नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ। पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ।