Sunday, July 5

सप्तरी-काठमाडौँ सम्पर्क मञ्चको १३औँ सम्मेलन सम्पन्न

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) सप्तरी-काठमाडौँ सम्पर्क मञ्चको १३औँ सम्मेलन विहीवार सम्पन्न भएको छ।

Advertisement

सम्मेलनले वीरेन्द्र चौधरीको अध्यक्षतामा  १५ सदस्यीय कमिटी चयन गरेको छ। सम्मेलनले कमिटीको उपाध्यक्षमा जीवन पोखरेल, सचिवमा प्रज्वल थापा, सहसचिवमा मिथिलेश थारू, कोषाध्यक्षमा रञ्जनाकुमारी चौधरीलाई चयन गरेको मधेश प्रदेश सम्पर्क कमिटी अध्यक्ष वेदनाथ कोईरालाले बताउनुभयो।

Advertisement
Advertisement

s 21685067012.jpg

Advertisement

सम्मेलनको नेकपा ( एकीकृत समाजवादी ) केन्द्रीय सदस्य एवं सम्पर्क विशेष प्रदेश कमिटी अध्यक्ष वीरवलकाजी राईले उद्घाटन गर्नुभयो।

सम्मेलनमा पार्टी केन्द्रीय सदस्य उषा पोखरेल, केन्द्रीय प्रचार विभाग सचिव प्रकाश खतिवडा, पार्टी केन्द्रीय परिषद सदस्य पुरुषोत्तम चौधरी, सम्पर्क विशेष कमिटीका उपाध्यक्ष नवराज तिम्सिना, सहसचिव केशर अधिकारी, मधेश प्रदेश सम्पर्क कमिटीका अध्यक्ष वेदनाथ कोईराला, सम्पर्क प्रदेश विशेष कमिटी सदस्य भागवत चौधरी, मधेश प्रदेश कमिटीका आर्थिक विभाग प्रमुख सत्रुघनप्रसाद चौधरी, उदयपुर काठमाण्डौ सम्पर्क मञ्चका कोषाध्यक्ष हृदयनारायण चौधरी लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो।