Sunday, July 5

मानवअधिकार आयोगको ‘ए’ श्रेणी कायम राखिराख्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री

नेपालअखबार, काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय मानव अधिकार आयोगलाई ‘ए’ श्रेणीमै कायम राखिराख्न सरकार जुनसुकै काम गर्न पनि तयार रहेको बताएका छन्।

Advertisement

शुक्रबार आयोगकाे २३ ‌औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले  संयुक्त राष्ट्रसंघीय ग्लोबल एलाइन्स फर नेचुरल ह्युमन राइट्स इन्स्टिच्युसनले आयोगलाई ‘बी’ स्तरमा झार्ने प्रस्ताव गरेकोबारे गम्भीर रहेको बताउँदै ‘ए’ श्रेणीमै राख्न सरकार प्रतिबद्ध रहेको बताएका हुन्।

Advertisement
Advertisement

‘आयोगको यही स्तर कायम राख्न सरकारले गर्नुपर्ने जुनसुकै कार्य गर्न पनि सरकार प्रतिबद्ध छ,’ प्रधानमन्त्री प्रचण्डले भने।

Advertisement

त्यसका लागि आयोगले गरेका सिफारिसहरू कार्यान्वयन गर्न  मन्त्रिपरिषद् कार्यालयबाट सहसचिवस्तरीय समिति  बनाएर काम भइरहेको पनि उनले जानकारी दिए।

सरकारले आयोगको संस्थागत सुदृढीकरण र मानवअधिकार आयोग ऐन संशोधनको विषयलाई पनि प्राथमिकतामा राखेको उनको भनाइ छ।

प्रधानमन्त्री प्रचण्डले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय चाँडै टुंगोमा पुर्‍याउन राजनीतिक तहमा समझदारी बनेको तर शान्ति प्रक्रिया उल्ट्याउन चाहने व्यक्तिहरु अझै सक्रिय रहेको बताए।