Saturday, July 11

बजेटको मुखमा एमालेले संसदमा गैरजिम्मेवार व्यवहार गर्‍यो : सचेतक हितराज पाण्डे

नेपालअखबार, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले बजेटको मुखमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभामा गैरजिम्मेवार व्यवहार गरेको टिप्पणी गरेको छ ।

Advertisement

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे एमालेको मागका सम्बन्धमा छलफल भइरहेको बताउँछन् । सकेसम्म संसदलाई सौहार्द बनाउने प्रयासमा आफूहरु रहेको उनको भनाइ छ ।

Advertisement
Advertisement

माओवादीका अर्का सांसद माधव सापकोटा बजेटको मुखमा एमालेले दुई दिन अगाडिको विषय निकालेर गैर जिम्मेवार व्यवहार प्रदर्शन गरेको बताए । उनी भन्छन्, ‘प्रमुख प्रतिपक्षीले बजेटको अन्तिम मुखमा जे गरिराखेको छ । बजेट निर्माणको मुखमा आएर प्रमुख प्रतिपक्षीले यस्तो गतिविधि गर्नु गैरसंसदीय र गैरजिम्मेवार व्यवहार हो ।’

Advertisement

जेठ १० गतेको बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा यति, ओम्नी, वाइडबडी, स्वास्थ्य सामग्रीको दुई अर्बको भ्रष्टाचार लगायतका काण्डहरु भएको उल्लेख गर्दै त्यसैमा थपेका थिए, ‘त्यसबेला पशुपतिनाथको जलहरी लाउँदा पनि सुन लाउने भनेर पित्तल लाइदिएर गरेका भ्रष्टाचारहरु यस्ता सयौं, हजारौं भ्रष्टाचारका काण्डहरु छन् ।’सत्तारुढ दलको सांसदले नै पशुपतिमा सुनको भनेर पित्तलको जलहरी लगाएको भनी प्रमुख प्रतिपक्षी दलको नेतालाई आरोपित गरेको भनी एमालेले संसद चल्न दिएको छैन् ।