नेपालअखबार, काठमाडौँ । मन्त्रिपरिषद् बैठकमा बुधबारबाट हुने प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल भएको छ । सरकारका प्रवक्तासमेत रहेकी सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले मंगलबारको मन्त्रिपरिषद् बैठकले कुनै निर्णय नगरेको जानकारी दिइन् ।
त्यस्तै उनले मंगलबारको मन्त्रिपरिषद् बैठकमा नागरिकता विधेयकबारे विषय प्रवेशमात्र भएको भन्दै राष्ट्रपतिबाट प्रमाणीकरण हुने अपेक्षा रहेको बताइन् । ‘नागरिकता विधेयक मन्त्रिपरिषद्बाट निर्णय गरेर राष्ट्रपतिलाई पठाएका हौ । त्यसमा अव राष्ट्रपतिले संवैधानिक अधिकार प्रयोग गरेर प्रमाणीकरण गर्नुहुन्छ भन्ने अपेक्षा गरेका छौ’,मन्त्री शर्माको भनाइ छ ।