Friday, July 10

नेकपा एसको लेखापरीक्षण- आम्दानी ७ करोड १५ लाख, बचत एक करोड १० लाख

नेपालअखबार, काठमाण्डौ  ।   नेकपा एकीकृत समाजवादीले गत आ. व.०७८ / ०७९ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ ।  नेकपा एकीकृत समाजवादीले गठन पछि आव ०७८ / ०७९ को आम्दानी र खर्चको विवरण सार्वजनिक गरेको हो ।

Advertisement

पार्टीले गत असार मसान्त सम्मको आम्दानी र खर्चको विवरण लेखापरीक्षण गरी सार्वजनिकीकरण गरेको हो । उक्त आर्थिक वर्ष ०७८/ ०७९ मा पार्टीको कुल आम्दानी ७ करोड १५ लाख ९० हजार ३ सय ७७  र कुल खर्च ६ करोड ५ लाख २९ हजार ५ सय २९ रहेको  छ । यस्तै  एक करोड १० लाख ६० हजार ८ सय ४८ बचत रहेको पार्टीका पोलिटब्युरो सदस्य तथा आर्थिक विभागका प्रमुख सोमप्रसाद पाण्डेले बताउनु भयो ।

Advertisement
Advertisement

राजनैतिक दल सम्वन्धि ऐन २०७३ को व्ययवस्था बमोजिम नेकपा एकीकृत समाजवादीले डी.डी. अधिकारी एण्ड एसोसिएट मार्फत लेखापरीक्षण गरी निर्वाचन आयोगमा बुझाएको हिसाबलाई सार्वजनिक गरिएको पार्टीका लेखा प्रमुख खेमराज पौडेलले बताउनु भयो ।

Advertisement