Friday, July 17

आजदेखि नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनछेक बहस

नेपालअखबार,  काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुद्दा चलाइएकाहरुविरुद्ध आजदेखि जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस शुरु हुँदैछ । शुक्रबार बयान सकिएकाले आइतबारदेखि सरकारी वकिलले बहस गर्न लागेका हुन् ।

Advertisement

तर बयानको सबै फाइल शुक्रबार अवेरमात्रै पाएकाले अध्ययन गर्न समय चाहिने भन्दै जाहेरीकर्ताका कानून व्यवसायी र सरकारी वकिलले केही समय माग्ने तयारी पनि गरेका छन् । इजलासले अनुमती दिएको अवस्था बाहेक आजदेखि नै थुनछेक बहस सुरु हुनेछ ।

Advertisement
Advertisement

शुरुमा सरकारी वकिल र जाहेरीकर्ताका कानून व्यवसायीहरुले आरोपितहरुलाई थुनामा नै राखेर मुद्दाको प्रक्रिया अघि बढाउनुपर्ने माग गर्नेछन् । त्यसपछि मात्रै आरोपितहरुको प्रतिरक्षा गर्ने कानून व्यवसायीहरुको पालो आउनेछ । दुवै पक्षको बहस सुनेपछि मात्रै इजलासले उनीहरुलाई थुनामै राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्नेवारे एउटा निर्णय लिनेछ ।

Advertisement

जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा नै थुकछेक बहस हुनेछ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री एवम् नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, तत्कालीन गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायत पक्राउ परेका छन् ।