Sunday, April 19

क्यामरुनको हिंसामा गर्भवती र बालबालिकासहित २२ मारिए

अफ्रिकी मुलुक क्यामरुनमा भएको हिंसामा गर्भवती महिला र बालबालिकासहित कम्तीमा २२ जनाको ज्यान गएको छ । उत्तर–पश्चिमी क्यामरुनको न्टुम्बो गाउँमा हिंसा मच्चिएको हो । मृत्यु हुनेमा एकजना गर्भवती महिला र १४ जना बालबालिका छन् । तीमध्ये ९ जना ५ वर्ष मुनीका रहेको जनाइएको छ ।

हिंसाका क्रममा अरु दर्जनौं घाइते भएका छन् । समाचारमा जनाइएअनुसार ठूलो सङख्यामा आएका बन्दुकधारीले गाउँमा प्रवेश गरी जथाभावी गोली प्रहार गरेका थिए । त्यसपछि उनीहरुले गाउँमा नै आगो लगाइदिएको एएफपीले जनाएको छ । मारिनेमध्ये अधिकांशलाई जिउँदै जलाइएको थियो ।

Advertisement

आक्रमणको जिम्मा कुनै समूहले लिइसकेको छैन । यद्यपि विपक्षी दलले भने आक्रमणमा क्यामरुनका सेनाको हात रहेको आरोप लगाएको छ । क्यामरुनको सेनाले भने त्यहाँ भएको हिंसाबारे कुनै टिप्पणी गरिसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *