Sunday, May 10

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक

नेपालअखबार, काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालले जेठ २७ गते (शनिबार) केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।

विधान अधिवेशनको तयारी, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो।

Advertisement

बैठक केन्द्रीय कार्यालय, बालकुमारीमा दिनको १ बजे बस्ने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।