Sunday, May 10

पूर्णबहादुर खड्काले पाए कांग्रेसको कार्यबाहक सभापति

नेपालअखबार, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका छन् ।

सभापति देउवा देश बाहिर (सिंगापुर) गएपछि कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि उपसभापति खड्कालाई कार्यबाहक सभापति तोकेको कांग्रेसले जनाएको छ ।

Advertisement

सभापति स्वास्थ्य जाँचका लागि गए राति सिंगापुर गएका छन्