राजनीतिसमाचार

समाजवादी प्रेस संगठनका नवनिर्वाचित पदाधिकारीलाई मन्त्री ज्वालाको बधाई

नेपालअखबार, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नेकपा एकीकृत समाजवादी निकट पत्रकारको संगठन समाजवादी प्रेस संगठनका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गरेका छन् । बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच मन्त्री ज्वालाले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिएका हुन् ।

सो अवसरमा समाजवादी प्रेस संगठनका नवनिर्वाचित अध्यक्ष बिश्वमणी सुबेदी, संगठनका उपाध्यक्ष, उपमहासचिव, सचिव तथा देशका विभिन्न स्थानबाट प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्यहरुको उपस्थिति थियाैँ ।

कार्यक्रममा मन्त्री ज्वालाले समाजवादी प्रेस संगठनका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्दै समाजवादी प्रेस संगठनले अन्य संगठन भन्दा छुट्टै पहिचान बनाएर अगाडि बढने बिश्वास व्यक्त गरेका थिए । त्यस्तै, संगठनका अध्यक्ष बिश्वमणि सुबेदिले समाजवादी प्रेस संगठन सधैंभरि श्रमजीवी पत्रकारको पक्षमा रहेको र यसका लागि सरकारले सहयोग गर्नुपर्ने बताए ।

यहि जेठ २६ र २७ गते काठमाडौंमा आयोजित समाजवादी प्रेस संगठनको प्रथम अधिवेशनबाट बिश्वमणी सुबेदीको अध्यक्षतामा पदाधिकारी निर्वाचित भएका थिए ।

the authoradmin