Monday, July 6

बेलायत भ्रमण उपलब्धीपूर्ण : मेयर पन्त

गोरखा । गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले आफ्नो बेलायत भ्रमण उपलब्धीपूर्ण भएको बताएका छन् ।

Advertisement

बिहीबार गोरखा नगरपालिकाको कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले भ्रमणले गोरखाको बिकासका लागि थुप्रै अवसरहरु सिर्जना गरेको बताए ।

Advertisement
Advertisement

‘हामी रश्मोर बरो काउन्सिलको निमन्त्रणामा बेलायत गएका थियौं, त्यहाँको बसाई निकै उपलब्धीपूर्ण रह्यो’ उनले भने ‘रश्मोर बरो काउन्सिल र त्यहाँ बस्ने नेपाली साथीहरु गोरखाको बिकासका लागि हातेमालो गर्न तम्तयार हुनुहुन्छ ।

Advertisement

यसले गोरखा नगरपालिका मात्र होइन समग्र जिल्लालाई नै फाइदा हुन्छ भन्ने लाग्छ ।’ दुई स्थानीय तह बीच सांस्कृतिक, प्रजातान्त्रिक, प्राविधिक र शैक्षिक अवसरहरु एकअर्काबीच आदानप्रदान गर्ने सहमति भएको छ ।

यसैगरी दुवै निकायबीचमा भ्रमण, सामाजिक आर्थिक विकासमा हातेमालो, संयुक्त अनुसन्धान, विभिन्न परियोजना सञ्चालन, भौतिक पूर्वाधार निर्माण र सुशासनमा समेत सहयोग गर्दै अघि बढ्ने उल्लेख गरिएको छ ।

सोही अनुरुप आगामी तिन वर्षका लागि भगनी सम्बन्ध स्थापित भएको छ । उक्त सम्बन्धलाई तीन वर्ष पुनः नविकरण गर्ने सम्झौतापत्रमा उल्लेख छ ।

सो सम्बन्धी सम्झौतापत्रमा रश्मोर बरोका तर्फबाट मेयर सेलस्वई कार्टर र गोरखाका तर्फबाट नगर प्रमुख राजनराज पन्तले हस्ताक्षर गरेका थिए ।

यसैविच गोरखा नगरपालिकाले पनि त्यहाँको टोलीलाई गोरखा बोलाएको छ । उक्त नगरपालिकाको टोली जुनको दोश्रो हप्ता गोरखा आउने कार्यक्रम रहेको पन्तले जानकारी दिए ।

‘जुनको दोश्रो हप्ता उहाँहरु आउनुहुन्छ, यहाँको सबै कुराको अध्ययन पनि गर्नु हुन्छ’ उनले भने ‘त्यसपछि के के काम गर्न थप एकिन गर्छौं ।’ बेलायत बसाइको क्रममा गोरर्खाली समूदाय वीच महत्वपूर्ण छलफल समेत भएको गोरखा नगरपालिकाले जनाएको छ ।

उक्त कार्यक्रमका लागि नगर प्रमुख पन्तका, प्रमुख प्रशासकीय अधिकृत कृष्णकुमारी श्रेष्ठ र नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापा बेलायत गएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *