अर्थप्रदेश ४समाचार

गण्डकी प्रदेशमा बढ्याे मुख्यमन्त्रीदेखि सदस्यसम्मको तलब । कसकाे कति ?

गाेरखा । गण्डकी प्रदेश सरकारले विभिन्न ६४ जना पदाधिकारीहरूको तलब वृद्धि गरिएको छ । मुख्यमन्त्रीदेखि प्रदेशसभा सदस्यहरूले पाउँदै आएको तलबमा वृद्धि गरेको हाे ।

गण्डकी प्रदेश सरकारका अनुसार मुख्यमन्त्रीले पाउँदै आएको ६० हजार ९ सय ७० रुपैयाँमा ९ हजार ७ सय ६० रुपैयाँ थप गरेर ७० हजार ७ सय ३० रुपैयाँ बनाइएको छ। यस्तै, ६ जना मन्त्रीहरूले पाउँदै आएको ५२ हजारमा ८ हजार ३ सय २० रुपैयाँ थप गरेर ६० हजार ३ सय २० पुर्याइएकाे छ भने २ जना राज्य मन्त्रीले पाउँदै आएको ४९ हजारमा ७ हजार ८ सय ४० रुपैयाँ थप गरेर ५६ हजार ८ सय ४० बनाइएकाे छ ।

यस्तै २ जना सहायक मन्त्रीहरूले पाउँदै आएको ४७ हजारमा ७ हजार ५ सय २० थप गरेर ५४ हजार ५ सय २० रुपैयाँ बनाइएको छ।

यस्तै, प्रदेशसभाका पदाधिकारीहरू अन्तर्गत सभामुखले पाउँदै आएको ५३ हजारमा ८ हजार ४ सय ८० रुपैयाँ थपेर ६१ हजार ४ सय ८०, विपक्षी दलको नेता र उपसभामुखले पाउँदै आएको ५० हजारमा ८ हजार थप गरेर ५८ हजार पुर्‍याइएको छ।

त्यस्तै, सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकले पाउँदै आएको ४९ हजारमा ७ हजार ८ सय ४० रुपैयाँ थप गरी ५६ हजार ८ सय ४०, विभिन्न चार वटा समितिका सभापतिहरूले पाउँदै आएको ४९ हजारमा ७ हजार ८ सय ४० रुपैयाँ थप गरी ५६ हजार ८ सय ४०, दलका सचेतक २ जनाले पाउँदै आएको ४७ हजारमा ७ हजार ५ सय २० रुपैयाँ थप गरी ५४ हजार ५ सय २० र ४२ जना सदस्यहरूले पाउँदै आएको ४५ हजारमा ७ हजार २ सय रुपैयाँ थप गरेर ५२ हजार २ सय रुपैयाँ बनाइएको छ।

the authoradmin

Leave a Reply