प्रशासनसमाचार

त्रिभुवन विमानस्थल भित्र विद्युतीय सटल बस, माइक्रोबस विस्थापित

ने पालअखबार, काठमाडौं । त्रिभुवन विमानस्थलको गोल्डेन गेटबाट आन्तरिक टर्मिनलसम्म विद्युतीय सटल बस सञ्चालनमा आएको छ । यसअघि गोल्डेन गेटबाट टर्मिनलसम्म माइक्रोबस चलिरहेको थियो । सो गाडी हटाएर शुक्रबारदेखि विद्युतीय सटल बस सञ्चालनमा ल्याइएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । उनका अनुसार यो सेवा निःशुल्क उपलब्ध हुनेछ ।

आन्तरिक उडानका जहाजबाट झरेका यात्रु गोल्डेन गेटसम्म आउन तथा अन्तर्राष्ट्रिय उडानबाट आएर आन्तरिक उडानका जहाज चढ्न जाने यात्रुलाई समेत यो सेवाले लाभान्वित गराउने छ ।सार्वजनिक सवारी साधन चढेर आउने हवाई यात्रुले पनि यही बस चढेर आन्तरिक टर्मिनलसम्म पुग्न सक्नेछन् । अहिले दुई वटा सटल बस सञ्चालनमा ल्याइएको छ ।

the authoradmin