Friday, May 22

भारतीय गुप्तचर संस्था ‘र’ को प्रमुखमा रवि सिन्हा नियुक्त

नेपालअखबार, काठमाडौं । भारतको बाह्य गुप्तचर अनुसन्धान र विश्लेषण शाखा (र) को नयाँ प्रमुखमा रवि सिन्हा नियुक्त भएका छन् । छत्तीसगढ क्याडरका वरिष्ठ आईपीएस अधिकारी रवि सिन्हालाई मन्त्रिपरिषदको नियुक्ति समितिले सोमबार नियुक्त गरेको हो ।

सन् १९८८ ब्याचका भारतीय प्रहरी सेवा (आईपीएस) अधिकृत सिन्हा मन्त्रिपरिषद् सचिवालयमा विशेष सचिवको रूपमा कार्यरत थिए । उनले अब उनी ३० जुनमा र प्रमुख सामन्त गोयलको स्थान लिनेछन् ।

Advertisement

उनको कार्यकाल २ वर्ष हुनेछ ।

रवि सिन्हा पछिल्लो भाजपा नेतृत्वको सरकार (अटल बिहारी वाजपेयी) को समयमै पुलिस सेवाबाट रमा आएका थिए ।

एसएसपी पदमा रहँदा नै रमा आवद्ध भएका सिन्हा अहिले डिजीपी लेवलमा थिए र जम्मु कश्मीर तथा उत्तर पूर्वी राज्यहरूमा चलाईएका कतिपय अपरेसनको नेतृत्व गरिरहेका थिए ।

पाकिस्तान, अफगानिस्तान र चीनमा समेत काम गरेको अनुभव उनीसँग छ। सिन्हा अहिलेका प्रमुख सामन्त गोयलपछि दोस्रो वरियताका अधिकारी हुन।

हेर्नुहोस् रवि सिन्हाको नियुक्तिपत्र-