राजनीतिसमाचार

एकीकृत समाजवादीले बोलायो संसदीय दलको बैठक आज बस्दै

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको बैठक आज बस्दै छ । बैठकमा बजेटबारे पार्टीका सांसदहरूको असन्तुष्टिमाथि छलफल हुनेछ ।  बैठक दिउँसो २ बजे बस्नेछ ।

बजेटमा असमानता देखिएको भन्दै पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेसहितका नेताहरू सरकारसँग असन्तुष्ट छन् । पार्टी अध्यक्ष माधवकुमार नेपालले पनि बजेटबारे असन्तुष्टि जनाए पनि प्रधानमन्त्री दाहालसँगको छलफलपछि भने सकारात्मक देखिएका छन् ।

पार्टीका सांसदहरूले बजेट संशोधन नभए समर्थन गर्न नसकिने चेतावनी दिएपछि समाधान खोज्न संसदीय दलको बैठक बस्न लागेको हो ।

the authoradmin