Wednesday, April 22

रुकुम पश्चिममा जीप दुर्घटना, ८ जना घाइते

नेपालअखबार, रूकुम   । रूकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।

जिल्लाको मुसिकोट नगरपालिकाको माछ्मी बाट डिग्रे मन्दिरतर्फ जाँदै गरेको भे १ च २७९६ को डबल क्याप जीप बिहान साढे ६ बजे बागबजारमा दुर्घटना भएको हो।

Advertisement

दुर्घटनामा घाइते भएका ८ जनामध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। गम्भीर घाइते हुनेमा मुसिकोट नगरपालिका – ५ की ८ बर्षीया बालिका बर्षा केसी रहेकी छन्।

उनको बाँया खुट्टामा गम्भीर चोट  लागेको छ। अन्य सबैको अवस्था सामान्य रहेको जानकारी प्रहरीले जानकारी दिएको छ। घाइतेमध्य ६ जना मुसिकोट नगरपालिकाका र दुई जना दाङका हुन्।

घाइते सबैलाई उद्धारपछि उपचारका लागि जिल्ला अस्पताल सल्ले पठाइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ। दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले बताएको छ।

त्यस्तै रुकुममै भएको अटो रिक्सा दुर्घटनामा परी थप एक जना घाइते भएका छन्।

बुधबार बेलुका सवा ५ बजे  रा १ ह ६३७१ नम्बरको अटो दुर्घटना हुँदा  चालक पर्सा जिल्लाको डोरे नगरपालिका – ४ का सेकेन्दर दास घाइते भएका छन्।

राप्ती अटो पार्टस दाङको घोराहीबाट गएका दास अटोमा एक्लै सवार थिए।

रुकुम पूर्वको भूमे गाउँपालिका – ५ शेरावाङका सुरेन्द्रं कामीले अटोको किस्ता बुझाउन नसकेपछि घोराहीबाट खटिएका टासले अटो खोसेर दाङ तर्फ ल्याउने क्रममा दुर्घटनामा परेका थिए।

राप्ती राजमार्ग अन्तरगत रुकुम पश्चिमको मुसिकोट नगरपालिका – ४ बोहोरागाउँ नजिकै बाट अटो २० मिटर तल खसेपनि सालको रुखमा अड्किएर जोगिएको प्रहरीले बताएको छ। घाइतेलाई थप उपचारका लागि दाङ ल्याइएको छ।