Monday, May 25

प्रतिनिधिसभा बैठक : आज सांसदले सोधेको प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने

नेपालअखबार, काठमाडौँ ।  प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा  बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।  आजको बैठकमा प्रतिनिधिसभा सदस्यहरूले बजेटबारे सोधेको प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

त्यसै गरी बैठकमा विनियोजन विधेयक २०८० को विभिन्न शीर्षकहरूमाथिको छलफल अन्तर्गत आज चार वटा मन्त्रालयसँग सम्बन्धित बजेटमाथि छलफल हुनेछ । जसअनुसार संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयले, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका बजेट शीर्षकमाथि छलफल हुन लागेको हो ।

Advertisement

यसै गरी बैठकमा ७ जना सांसदले विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले उल्लेख गरेको छ ।

4634657