राजनीतिसमाचार

घोराही उपमहानगरपालिका- ८ नम्वर वडा अध्यक्ष जितेन्द्र शाहले राजीनामा दिए

नेपालअखबार, दाङ । बजेटको बिषयमा असन्तुष्टि जनाउँदै घोराही उपमहानगरपालिका- ८ नम्वर वडा अध्यक्ष जितेन्द्र शाहले राजीनामा दिएका छन ।

एमालेबाट निर्वाचित शाह नगरसभा चलिरहँदा आज मंगलबार  नगर प्रमुख नरुलाल चौधरीलाई राजीनामा बुझाएर सभा हलबाट बाहिरिएका हुन ।

पटक-पटक आफ्नो वडामा बजेट हाल्ने आश्वासन दिए पनि त्यो आश्वासनमै सिमित पारेको भन्दै शाहले मेयरसँग असन्तुष्टि ब्यक्त गर्दै आएका थिए ।

आफ्नै पार्टीबाट निर्वाचित मेयरले बजेट नै नहाल्दिएको भन्दै उनले पदमा बस्नु भन्दा राजीनामा दिनु नै उपयुक्त हुने ठहर गरेर राजीनामा दिने निष्कर्षमा पुगेको बताएका थिए ।

उनले यसअघि पोहोर पनि बजेट ल्याउँदा असन्तुष्टि जनाउँदै राजीनामा दिने घोषणा फेसबुकबाट गरे पनि अन्तिममा दिएका थिएनन् ।

उनले टोलबासी सबैलाई बोलाएर आफूले बजेट हाल्न नसकेकोले आत्मग्लानि भएको भन्दै राजीनामा दिनका लागि सुझाव सल्लाह लिएका थिए ।

the authoradmin