समाचारसमाज

संयुक्त खस क्षत्री नेपाल वाग्मती प्रदेश भेला सम्पन्न

Nepal Akhabar

नेपालअखबार, काठमाडौं । संयुक्त खस क्षेत्री नेपालकाे वाग्मती स्तरीय बिस्तारीत प्रदेश भेला तथा सदस्यता वितरण कार्यक्रम सम्पन्न भएकाे छ ।
वाग्मती प्रदेश समितिकाे आयाेजनामा शनिवार काठमाडौं काँडाघारी स्थित सनसिटी पार्टी प्यालेसमा भेला सम्पन्न भएकाे हाे ।

समाजका वाग्मती प्रदेश प्रमुख माेहन कुमार बस्नेतकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा कागेश्वरी मनाेहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले प्रमुख आतित्यथा गर्नुभएकाे थियाे ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथी कार्कीले नेपाल देश निर्माणमा महत्वपुर्ण याेगदान गर्ने खस क्षत्रीकाे ईतिहाँसलाइ राज्यले मुल्यांकन गर्न नसकेकाे धारणा राख्दै , समाजकाे उत्थानकाेलागी नगरबाट हुनसक्ने सहयाेग गर्ने समेत बताउनुभयाे ।
त्यस्तै विशेष अतिथी समाजका केन्द्रीय अध्यक्ष ताराबहादुर बस्नेतले खस क्षत्रीकाे आफ्नाे छुट्टै पहिचान भएपनि राज्यले त्यसलाई सुईकार नगरेर खस क्षत्रीलाइ उपेक्षा गरेकाे बताउनुभयाे ।

कार्यक्रमका अन्य वक्ताहरुले खस क्षत्रीकाे कारणले देशमा जातीय राज्य हुनबाट जाेगिएकाे साथै क्षत्री समुदायकाे पहिचान स्थापित गराउन निरन्तर लागिरहने कुरामा जाेड दिनुभएकाे थियाे ।

कार्यक्रममा स्वागत मन्तब्य वाग्मती प्रदेश सदस्य नारायणी थापाले राख्नु भएकाे थियाे भने समाजका केन्द्रीय साथै वाग्मती प्रदेश पदाधिकारी लगायतकाे उपस्थीति थियाे । कार्यक्रममा विभिन्न कलाकारहरुले सांगीतिक प्रस्तुति समेत दिनुभएकाे थियाे ।

the authoradmin