Sunday, July 5

बाढी पहिरोले ३ राजमार्ग अवरूद्ध

नेपालअखबार,। देशभर मनसुन सक्रिय हुँदा बाढी–पहिरोले यातायात सञ्चालनमा समस्या तुल्याएको छ।

Advertisement

सडक विभागकाअनुसार बिहान ७ः३० बजेसम्म ३ वटा राजमार्ग अवरूद्ध छन् भने १३ वटा राजमार्ग एकतर्फी सञ्चालनमा छन्।

Advertisement
Advertisement

विभागका अनुसार केचना–चन्द्रगढी–चारआली–इलाम–फिदिम गणेशचोक, ताप्लेजुङ–ओलाङचुङगोलासम्म पुग्ने मेची राजमार्गअन्तर्गत हेवा खोलामा पुल बगाएको छ। त्यसले मेची राजमार्ग सञ्चालनमा आउन सकेको छैन।

Advertisement

त्यस्तै चतरा–मुलघाट–माझीटार–अमपारपुरडाँडा–गणेशचोक पुग्ने तमोर करिडोरअन्तर्गतको माझीटारमा अवरूद्ध हुँदा त्यो सडक पनि सञ्चालनमा छैन ।

यता रानी–विराटनगर, इटहरी–धरान–धनकुटा–हिले, लेघुवाघाट–तुम्लिङटार–खाँदबारी–नुम–किमाथाङ्का पुग्ने कोशी राजमार्गको हाइटारमा अवरूद्ध हुँदा त्यो राजमार्ग पनि सञ्चालनमा आउन सकेको छैन।

मुग्लिन–नारायणगढ सडक अहिले सञ्चालनमा रहेको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ।

यद्यपि, पहिराको जोखिम कायमै रहेकोले सडकको अवस्था बुझेर मात्र सावधानीका साथ सुरक्षित यात्रा गर्न उसले आग्रह गरेको छ।