Saturday, July 4

डोटीमा घर भत्किदा ३० वर्षीय महिलाको मृत्यु

नेपालअखबार, डाेटी। डोटीमा घर भत्किदा एक महिलाको मृत्यु भएको छ।

Advertisement

शनिवार राती दिपायल सिलगढी नगरपालिका–५ गैराकी ३० वर्षीया गङ्गा मलासीको घर भत्किएर च्यापिँदा मृत्यु भएको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement

चार कोठा भएको एक तले घर भत्किँदा सोही घरमा सुतेकी मलासीको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको हो ।

Advertisement

घटनापछि राति नै जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी नायव निरीक्षक आनसिंह धामीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । सो टोलीले बिहान ५ बजे मलासीको शव निकालेको थियो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।