Friday, July 3

मोटरसाइकल बोकेको भाडा तीस हजार रुपियाँ

नेपालअखबार,। सर्केगाड गाउँपालिकाको स्याल्तडीदेखि खार्पुनाथ गाउँपालिकाको छारेसम्म मोटरसाइकल बोकेको भाडा ३० हजार रुपियाँ तिर्ने गरिएको छ। तीन घण्टाको बाटोमा  मोटरसाइकल बोकेर लैजाने गरिएको छ।

Advertisement

मोटरसाइकल चालक नन्द सिंहले नेपालगन्जबाट सलीसल्ला हुँदै सर्केगाड गाउँपालिकाको स्याल्तडीसम्म गाडीमा मोटरसाइकल ल्याए । त्यस यताको करिब पाँच किलोमिटर क्षेत्रमा मानिसलाई बोकाएर मोटरसाइकल ल्याउनुपर्ने बाध्यता छ।

Advertisement
Advertisement

उनले सुरुमा चालिस हजार रुपियाँबाट मोलमोलाइ सुरु भए पनि पछि तीस हजारमा मोटरसाइकल बोक्न मानिस तयार भएको बताए । सो क्षेत्रमा मोटरसाइकल बोकेर ल्याउन कम्तीमा चारदेखि छ जना मानिस आवश्यक पर्छ। सिमकोटमा गाडी तथा मोटरसाइकल सञ्चालनमा आएपछि पछिल्लो समय गाडी र मानिसलाई मोटरसाइकल बोकाएर जिल्लामा ल्याउने चलन बढेको छ।

Advertisement

यसरी मानिसलाई बोकाएर १५ वटाभन्दा बढी मोटरसाइकल सदरमुकाम सिमकोट ल्याइएको छ। सुरुमा यसरी मोटरसाइकल बोकाएर ल्याउने चालकले पचास हजारसम्म भाडा तिरेको बताइन्छ। छारेबाट सडक सञ्जाल जोडिएकाले त्यो मार्ग हुँदै सिमकोटसम्म मोटरसाइकल चलाएर नै ल्याउने गरिएको छ। यो समाचार गोरखापत्र दैनिकमा छ ।