Wednesday, July 29

कोसोभोको संसदमा कुटाकुट

नेपालअखबार, एजेन्सि। कोसोभोको संसदमा बिहीबार सांसदहरूबीच कुटाकुट भएको छ।

Advertisement

समाचार संस्था रोयटर्सका अनुसार पोडियममा बोलिरहेका प्रधानमन्त्री आल्बन कुर्तीलाई एक जना विपक्षी सांसदले पानी छ्यापेपछि कुटाकुट सुरू भएको हो।

Advertisement
Advertisement

कोसोभोको संसदमा उत्तरी क्षेत्रमा सर्वियन आदिवासीको मुद्दाका विविध विषयमा बहस भइरहेको थियो।

Advertisement

प्रधानमन्त्री बोलिरहेका बेला विपक्षी सांसदले पानी छ्यापेपछि सत्तारूढ दलका सांसदले उनलाई रोक्न खोजेका थिए। त्यसपछि अरू विपक्षी सांसदहरू पनि कुटाकुटमा सहभागी भएका थिए।

प्रधानमन्त्री कुर्तीलाई स्कर्टिङ गरेर बाहिर निकालिएको थियो भने कुटाकुट गरिरहेका सांसदलाई रोक्न प्रहरी परिचालन गरिएको थियो।

सांसदहरूले कुटाकुट गरेपछि संसद दुई घन्टाका लागि स्थगित गरिएको थियो।

सन् २००८ मा सर्वियाबाट अलग भएर बनेको कोसोभोमा ९० प्रतिशत अल्बानियनहरू छन् भने उत्तरमा सर्वियासँग सीमा जोडिएको क्षेत्रमा ५ प्रतिशत सर्वियन छन्।