राजनीतिसमाचार

संघीय संसदबाट पारित बजेटसम्बन्धी विधेयक सभामुखबाट प्रमाणित

नेपालअखबार, काठमाडौँ । सभामुख देवराज घिमिरेले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएका आर्थिक वर्ष २०८०/८१ को बजेटसम्बन्धी विधेयक प्रमाणित गरेका छन् । नेपालको संविधानको धारा ११३ को उपधारा (१) बमोजिम सभामुखले प्रतिनिधि सभाले संशोधनबिना पारित गरेको र राष्ट्रियसभाले सुझावबिना फिर्ता पठाउने गरी पारित गरेका विनियोजन विधेयक,२०८०, आर्थिक विधेयक, २०८० र राष्ट्र

ऋण उठाउने विधेयक, २०८० शुक्रबार प्रमाणित गरेका हुन् ।

संसदका दुवै सदनले पारित गरेका विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा जाने प्रावधान छ ।

the authoradmin