Saturday, April 18

सहमति खोज्न माधव नेपालको दौडधुप

सत्तारुढ दल नेकपाभित्र वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने कि नलैजाने भन्ने विवाद गहिरिँदै जाँदा प्रधानमन्त्री केपी ओलीलाई शीर्ष नेताहरुले सचिवालय बैठकको निर्णय कार्यान्वयन गर्न सुझाव दिएका छन्। सचिवालय सदस्य एवं वरिष्ठ नेता माधवकुमार नेपालले ओली र अन्य नेताहरुसँग समन्वय गर्दै सचिवालयको निर्णय कार्यान्वयन गर्न सुझाव दिएका हुन्।

‘युवराज खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता दिने र गौतमलाई राष्ट्रियसभामा लैजाने तहबाट छलफल अघि बढिरहेको छ। यो विषयमा प्रधानमन्त्री ओली र अन्य नेताहरु पनि सहमत हुने अवस्थामा पुग्नुभएको छ’, नेता नेपाल निकट स्रोतले भन्यो।

Advertisement

नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल निवासमा शुक्रबार बिहान भएको छलफलबारे बालुवाटारमा नेपालले ओलीलाई जानकारी गराएका थिए। उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको थियो। शीर्ष नेताहरुको सुझावपछि ओलीले दबाब महसुस गरिरहेको स्रोतले जनाएको छ। ‘नेता नेपालले ल्याएको सुझावपछि प्रधानमन्त्री अलि लचिलो बन्नुभएको छ, जसले गर्दा यही बाटो अवलम्बन हुने अवस्था बनेको छ’, बालुवाटार निकट स्रोतले भन्यो।

दाहाल निवासको बैठकमा खतिवडालाई मन्त्रीमा पुनर्नियुक्ति गर्ने र गौतमलाई राष्ट्रियसभामा लैजानेगरी सहमति जुटाउने निर्णय भएको थियो। खबर नागरिकन्युजमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *