Monday, April 20

अमेरिकाको अलास्कामा भूकम्पको तेज झट्का, सुनामीको चेतावनी जारी

नेपालअखबार, एजेन्सि। अमेरिकी राज्य अलास्कामा भूकम्पको तेज झट्का महसुस भएको छ । भूकम्पको तीव्रता ७.४ महसुस गरिएको छ । अमेरिकाको सुनामी वार्निङ सिस्टमले चेतावनी जारी गरेको छ ।

युएसजीएसले भूकम्पको झट्का आलुशान टापु, अलास्का प्रायद्वीप, कुक इनलेट क्षेत्रमा महसुस भएको जनाएको छ ।

Advertisement

युनाइटेड स्टेट्स जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्र जमिनबाट ९.३ किलोमिटरको गहिराइमा थियो ।