Thursday, July 16

केन्द्रीय योजना कार्यान्वयनसँगै सामूहिक दृष्टिकोण निर्माण गर्ने समाजवादी मोर्चा लुम्बिनीको निर्णय

नेपालअखबार, काठमाडौं  लुम्बिनी प्रदेश स्तरीय समाजवादी मोर्चाले केन्द्रीय योजना कार्यान्वयनसँगै सामूहिक दृष्टिकोण निर्माण गर्ने योजना बनाएको छ ।  केन्द्रमा समाजवादी मोर्चा बनाएका नेकपा ( एकीकृत समाजवादी ) ,नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल,  र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रदेशस्तरीय मोर्चामार्फत काम थालिएको हो  ।

Advertisement

समाजवादी मोर्चाको लुम्बिनी प्रदेशस्तरीय प्रारम्भिक बैठकले केन्द्रीय योजना कार्यान्वयन सँगै सामूहिक दृष्टिकोण निर्माण गर्ने निर्णय गरेको छ ।

Advertisement
Advertisement

बैठकपछि मोर्चामा रहेको नेकपा एकीकृत समाजवादीका प्रदेश अध्यक्ष राजु गुरुङ, नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बराल, जसपा प्रदेश अध्यक्ष अशोक यादव,  नेपाल कम्युनिष्ट पार्टीका लुम्बिनी ब्युरो इन्चार्ज बसन्त सीले जारी गरेको सामूहिक विज्ञप्तिअनुसार संघीय सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानलाई कडाइका साथ लागू गर्न अनुरोध गर्ने, विपत्तिको तयारीका लागि तीनै तहको सरकारलाई आग्रह गर्नेलगायतका निर्णय गरिएको छ ।

Advertisement