साहित्य \कला

आँसु लुकाउन सिकौं

बासुदेव अधिकारी
Nepal Akhabar

सुख र दु:ख दुवैमा आँखाबाट आँसु आउँछ

नरोअौं भन्यो रून मन लाग्छ

मर्दा पर्दा र पीडाबोध हुँदा

खुसी हर्ष र उपहार पाउँदा

हरबखतआँखाबाट आँसु झरेकै हुन्छ ।

अझ तिम्रो त उदारता

कोमल मन सफा हृदय

साना साना कुराले

आँखा रसाई हाल्छ

तर म भने हिम्मत आँट र साहसका साथ

आँसु लुकाउन सक्छु

आँसुका फाइदाभन्दा बेफाईदा बढी हुन्छन् ।

आँखा कम्जोर भई मोतीविन्दु हुँदै

आँखा नै बन्द हुन्छन

तिम्रो आँसुको फाइदा लिंदै

परचक्रीले षडयन्त्रका तानाबान बुन्छन

घरका र परका सबैलाई खुच्चिङ भन्न सजिलो हुन्छ

दुनियाँलाई रमिता हुन्छ

त्यसैले उन्नति र प्रगतिको वाधक आँसुलाई लुकाउँन सिकौं ।

the authoradmin