प्रदेश ३प्रदेश ४समाचारसमाजहाइलाइट-समाचार

लागु पदार्थ खुवाएर डकैती गर्ने ४ जना पक्राउ (भिडियो सहित)

Nepal Akhabar

गोरखा । गोरखाका बिभिन्न स्थानमा लागु पदार्थ सेवन गराएर धनमाल लुट्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

खाद्य तथा पिय पदार्थमा लागु औषध मिसाई गोरखा नगरपालिका ५, ६ र शहिद लखन गाउँपालिका ९ बाट गरगहना र नगद लुट्ने ४ जनालाई जिल्ला प्रहरी कार्यालय गोरखाले नवलपरासीको कावासोतीबाट पक्राउ गरी सोमबार पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको हो ।

पक्राउ पर्नेमा गोरखाको बारपाक घर भई हाल चितवनको रत्ननगर ४ बस्ने ४६ बर्षका प्रकाश गुरुङ, उदयपुर रानीबास गाउँपालिका २ सालघारीका ५३ बर्षिय अमृत राना, बाराको निजगढ ७ का ३८ बर्षिय कृष्ण बिक र सुनसरीको इटहरी ४ खनारका ४५ बर्षका प्रदिप चौधरी रहेको गोरखाका एसपी ओम बहादुर अधिकारीले जानकारी दिएका छन् ।

उनिहरुले गत माघ २५ गते गोरखा नगरपालिका ५ को लाङ्लेपानीकी भुवानी आचार्यलाई फ्रुटीमा लागुपदार्थ मिसाई खुवाएर कानमा लगाउने सुनको रिङ, तिलहरी, कान्छी तिलहरी, मोबाइल सहित ४० हजार लुटेको एसपी अधिकारीले बताए ।

त्यस्तै माघ २६ गते नै वडा नम्बर ६ हरमटारीचोकबाट वडा नम्बर ८ की सन्तुमाया रम्तेललाई सोही प्रकारले लुटेका थिए । उनको साथबाट १ तोलाको सुनको रिङ, आधा तोलाको ढुंग्री, र नगद १ हजार २ सय लुटेको प्रहरीको भनाई छ ।

यसैगरी उनिहरुले शहिद लखन गाउँपालिका ९ नामजुङकी जमुना बरामको साथबाट कानमा लगाउने सुनको २ थान रिङ, सुनकै टिका लुटेर लगेका थिए ।

उनिहरुलाई जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको टोलीले नवलपरासीको कावासोती नगरपालिका ३ संगमचोकबाट गत १६ गते पक्राउ गरिएको एसपी अधिकारीले बताए ।

प्रहरीले गरेको अनुसन्धानबाट उनिहरुले गोरखा सहित चितवन र नवलपरासीमा समेत यस्ता खाले घटना घटाएको देखिन आएको उनले पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।

हेर्नुस भिडियो ।

the authoradmin

Leave a Reply