विचारसाहित्य \कला

समाजवाद

बासुदेव अधिकारी

समाजवाद

धोका र कपटसँग

साँठगाँठ गरेर

अपराध र स्वार्थका

विस्कुन सुकाएर

न्यायलाई काखी च्यापेर

वुट बजार्दैमा

आउँदैन समाजवाद ।

श्रम र पसिनाको

मूल्यसँगै स्वाभिमानमा

बाँच्न पाउनु विश्व भाइचाराको

नाता र सम्बन्ध गाँस्दै

स्वतन्त्रताको श्वास फेर्दै

हाँसीखुसी बाँच्नु र

रमाउनु हो समाजवाद ।

रोग शोक र भोकमा

कमिसनको व्यापर

शिक्षामा नवउद्धार

सबैखाले सामाजिक

विभेदको अन्त्यसँगै

समानतामा ढुकक

हुनु हो समाजवाद ।

the authoradmin