Sunday, May 24

अध्यक्ष नेपाल त्रिदेशीय भ्रमण सकेर स्वदेश फिर्ता

नेपालअखबार, काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल त्रिदेशीय भ्रमण सकेर स्वदेश फिर्ता हुनु भएको छ।

इन्डोनेसिया, सिंघापुर र मलेसियाको भ्रमण सकेर अध्यक्ष नेपाल शनिबार स्वदेश फिर्ता हुनुभएको हो । अध्यक्ष नेपाल साउन ८ गते इन्डोनेसिया प्रस्थान गर्नुभएको थियो। त्रिदेशीय भ्रमणका क्रममा अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीको बैठकमा सहभागी हुनु भएको थियो।

Advertisement

कम्युनिष्ट पार्टीहरूको बैठकमा सहभागी मुलुकका नेताले आ-आफ्नो मुलुकमा कम्युनिष्ट पार्टीको अवस्था, देशको विकास, त्यसको प्रभाव र योगदानबारे छलफल गरिएको अध्यक्ष नेपालको भनाई छ।

इन्डोनेसियाको बैठकमा सहभागी भएर अध्यक्ष नेपाल सिङ्गापुर र मलेसियाको समेत भ्रमण गरेको जानकारी दिनु भएको छ। पाँच दिने भ्रमणमा उहाँले तीनवटै मुलुकका शीर्ष नेतासँग शिष्टाचार भेट तथा दुई देशीय हितका बारेमा छलफल गर्नु भएको पार्टी पोलिट ब्युरो सदस्य दिलु पन्तले जानकारी दिनु भएको छ।