Monday, April 20

इन्टरनेट सेवा प्रदायकहरुको संख्या थपिँदै

मुलुकमा इन्टरनेटको विस्तार तीव्र भइरहेका बेला इन्टरनेट सेवा प्रदायकहरुको संख्या थपिँदै गएको छ। नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार १ सय २२ वटा इन्टरनेट सेवा प्रदायकले सञ्चालनको अनुमति लिएका छन्।

प्राधिकरणमा थप दर्ताको निवेदन दिनेको संख्या झन्डै सय बराबर छ। मुलुकमा अर्बौं लगानी गर्ने राष्ट्रिय स्तरका इन्टरनेट सेवा प्रदायकदेखि स्थानीयस्तरमा ‘लोकल’ इन्टरनेट सेवा प्रदायक पनि छन्।

Advertisement

सानो बजारमा थपिँदै गएका दर्जनौं इन्टरनेट सेवा प्रदायकबीच भने पछिल्लो समय अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएको स्वयं व्यवसायीहरु बताउन थालेका छन्। सेवा प्रदायकबीच तीव्र प्रतिस्पर्धाले उपभोक्तालाई फाइदा पुगे पनि व्यवसायलाई नकारात्मक असर पर्ने गरी प्रतिस्पर्धा बढेको उनीहरुको भनाइ छ।

‘सेवा प्रदायकबीच अस्वस्थ प्रतिस्पर्धा बढेको छ,’ सुविसु केवल नेटका प्रेसिडेन्ट तथा इन्टरनेट सेवा प्रदायक संघका पूर्व उपाध्यक्ष सुधिर पराजुली भन्छन्, ‘कतिपय इन्टरनेट प्रदायकलाई टिक्न नै गाह्रो हुनेगरी प्रतिस्पर्धा भएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *