Friday, July 3

भौतिक पूर्वाधार राज्यमन्त्रीद्वारा सिभिल अस्पतालका १५० जना बिरामीलाई फलफुल बितरण

नेपालअखार, काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईज्युले एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल,भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विभागीय कार्यसमितिको आयोजनामा निजामति आन्दोलनका सहिदहरु मनोज जोशी, झपेन्द्र कार्की तथा सुरेन्द्र बिकको स्मृति दिवसको अवसरमा सिभिल अस्पतालको सभाहलमा बिरामीलाई फलफुल वितरण गर्नुभएको हो।

Advertisement

आज काठमाडौंको नयाँ बानेश्वर स्थित निजामती अस्पतालको सभाहलमा निजामती आन्दोलनका सहिदहरुको सम्झनामा सो कार्यक्रम आयोजना गरिएको थियो।नेकपा (एकीकृत समाजवादी) निकट सरकारी कर्मचारी संगठनले सो कार्यक्रम आयोजना गरेको हो।

Advertisement
Advertisement

सो अवसरमा राज्यमन्त्री चपाईले मुलुकमा परिवर्तनका लागि विभिन्न कालखण्डमा जीवनको योगदान गर्नुहुने सहिदहरुको योगदानको कदर गर्नुपर्नेमा जोड दिनुभयो। सो अवसरमा राज्यमन्त्री चपाईले सिभिल अस्पतालमा उपचार गराईरहेका १५० जना बिरामिलाई फलफुल बितरण गर्नुभयो।

Advertisement

सो कार्यक्रममा मनोज- झपेन्द्र – सुरेन्द्र स्मृति प्रतिस्ठानका अध्यक्ष मोहन घिमिरे तथा सिभिल अस्पस्तालका निर्देशक बिधान निधि पौडेलको समेत उपस्थिती थियो।