अर्थसमाचार

बढ्यो सुनचाँदीको मूल्य ?

नेपालअखबार, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै हिजो सोमबारको तुलनामा सुन र चाँदीकै मूल्य बढेको जानकारी दिएको हो ।

महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँ र चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढेको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ४५० रुपैयाँ कायम छ ।

हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ५० रुपैयाँ थियो । हिजो सोमबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको थियो ।यस्तै, २५ रुपैयाँले बढेको चाँदीको कारोबार आज तोलामा १४ सय ७५ रुपैयाँमा भइरहेको छ । हिजो सोमबार चाँदीको कारोबार मूल्य प्रतितोला १४ सय ५० रुपैयाँ थियो ।

the authoradmin