समाचारसाहित्य \कला

भ्रष्टाचारीका मुटुमा ढ्याङ्ग्रो

बासुदेव अधिकारी

भ्रष्टाचारीका मुटुमा ढ्याङ्ग्रो

पाप र अपराध

धुरीबाट कराँछ भन्थे

बुढापाकाहरू त्यस्तै हुँदैछ

अहिले नाटक होइन भने

भ्रष्टाचारका फायलहरू

धमाधम खुल्दैछन जस र अवजसको होडवाजीलाई

जनताले नजिकबाट चियाई रहेछन ।

नकली भुटानी

सरणार्थी र ललिता

निवासका फायलमा

ककस्को नाम जोडिएको छ?

क्रमश: खुल्दै जानेमा

नतामा आशा पलाएको छ नाता र साइनो जति नै

गाँसेर घाँटी जोडे पनि भ्रष्टाचाीको

मुटुमा ढ्याङग्रो ठोकिएको छ ।

सरकार ! जनताको विश्वास

जित्ने वेला हो यो बुझ

न्यायको तराजुमा धैर्यका साथ

सबैलाई जोख्दै जाऊ

पशुपतिको जलारी जोखे

झैं कठघरामा उभ्याएर सोध

यति अोम्नी र लाउडा अनि गिरिबन्धु टि स्टेडको

हाल के छ ? भनेर ।

 

the authoradmin