Thursday, July 16

बेइजिङमा पर्‍यो १४० वर्षमै नपरेको पानी, कम्तीमा २० जनाको मृत्यु

नेपालअखबार,  एजेन्सि। चीनको राजधानी बेइजिङमा गत शनिबारदेखि लगातार परेको वर्षाले बाढी र डुबान भएको छ।

Advertisement

समाचार संस्था एपीका अनुसार चिनियाँ मौसमविद्हरूले गत शनिबारदेखि बुधबार बिहानसम्म बेइजिङ र आसपासका क्षेत्रमा ७४४.८ मिलिमिटर वर्षा भएको बताएका छन्।

Advertisement
Advertisement

१४० वर्षअघि बेइजिङमा वर्षाको मापन गर्न थालिएको थियो। अहिलेसम्मको रेकर्डमा लगातार पाँच दिनमा यति धेरै पानी कहिल्यै पनि परेको थिएन।

Advertisement

डोक्सुरी टाइफुनका कारण पछिल्ला दिनमा बेइजिङमा भारी वर्षा भएको हो।

भारी वर्षा र डुबानका कारण कम्तीका २० जनाको मृत्यु भएको छ भने  २७ जना बेपत्ता भएका छन्। हजारौं मानिस विस्थापित भएका छन्।

सडक, रेल वे र विमानस्थलमा पनि बाढी पसेको भिडिओहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।