Thursday, July 16

पत्नीसँग छुट्टिए क्यानडाका प्रधानमन्त्री ट्रुडो

नेपालअखबार, एजेन्सि।  क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी पत्नी सोफी ग्रेगोयरले १८ वर्ष लामो वैवाहिक सम्बन्धलाई टुंग्याएका छन्।

Advertisement

५१ वर्षीय ट्रुडो र ४८ वर्षकी सन् २००५ मा विवाह गरेका थिए।

Advertisement
Advertisement

‘धेरै अर्थपूर्ण र कठिन कुराकानी गरेपछि सोफी र म तपाईंहरूलाई  भन्न चाहन्छौं, हामीले छुट्टिने निर्णय गर्‍यौं,’ प्रधानमन्त्री ट्रुडोले आफ्नो इन्स्टाग्राममा लेखेका छन्।

Advertisement

सोफीले पनि यस्तै स्टाटस आफ्नो इन्स्टाग्राममा राखेकी छन्।

ट्रुडो सन् २०१५ मा ४३ वर्षको उमेरमा क्यानडाको प्रधानमन्त्री बनेका थिए। उनीहरूको वैवाहिक सम्बन्ध केही वर्षदेखि नाजुक अवस्थाबाट गुज्रिरहेको थियो।

ट्रुडो र सोफीका तीन सन्तान छन्। छुट्टिएपछि सोफी ओटावामा छुट्टै ठाउँ बस्ने छिन् तर  छोराछोरीका लागि उनले प्रधानमन्त्रीको सरकारी निवासमा पनि केही समय बिताउने बताइएको छ।

ट्रुडोका लागि यो सम्बन्धविच्छेद इतिहासको पुनरावृत्ति पनि बनेको छ।

सन् १९७७ मा क्यानडाको प्रधानमन्त्री भएका बेला उनका बुवा पिएरे ट्रुडोको पनि पत्नी मार्गेटसँग सम्बन्धविच्छेद भएको थियो।